टिकट मेसिनबाट खाना छनोट गर्ने

स्क्रिन वा बटनबाट खाना छनोट गरी पैसा हाल्ने वा क्याशलेस तरिकाले तिर्नुहोस्। नगद मात्र चल्ने मेसिन पनि हुन्छन्।

खाना टिकट किन्ने तरिका

  1. मेसिनबाट छनोट
  2. टिकट लिने
  3. कर्मचारीलाई देखाउने/दिने

खाना टिकट लिने

खानाको टिकट र, फिर्ता पैसा भएमा नबिर्सी लिनुहोस्। रसिद वा नम्बर टिकट पनि सँगै निस्कने हुन सक्छ।

पसलका कर्मचारीलाई देखाउने/दिने

कर्मचारीलाई खाना टिकट दिनुपर्ने पसल र, सिटमा खाना टिकट देखाउनुपर्ने पसल हुन्छन्। नम्बरले बोलाइने पसलमा, टिकट लिएर प्रतीक्षा गर्नुहोस्।

सामान सकिएको वा चलाउने तरिका थाहा नभएमा, जबरजस्ती बटन नथिची पसलका कर्मचारीलाई सोध्नुहोस्।